कोरोना भाइरसविरुद्ध नाकमा स्प्रे गर्ने खोपको परीक्षण गर्दै चीन | Khabarhub Khabarhub

कोरोना भाइरसविरुद्ध नाकमा स्प्रे गर्ने खोपको परीक्षण गर्दै चीन


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसक विरुद्धको भ्याक्सिन अझै पूर्णरुपमा तयार भइसकेको छैन ।

विश्वका कैयौं वैज्ञानिकहरु भ्याक्सिन निर्माणको तयारीमा अहोरात्र जुटिरहेका छन् । तरपनि अझै सोचेजस्तो सफलता पाउन सकेका छैनन् ।

यहीबीचमा चीनले कोभिड–१९ विरुद्ध नाकमा स्प्रे गर्ने खोपको परीक्षण मानवमाथि गर्न थालेको छ ।

गत बुधवार चीनले उक्त खोप मानवमा परीक्षण गर्नका लागि अनुमति दिएको हो । खोपलाई सियामेन विश्वविद्यालय तथा हङकङ विश्वविद्यालयका अनुसन्धाताका साथै बेइजिङ वान्ताइ बायोलोजिकल फार्मेसी इन्टरप्राइज कोले मिलेर बनाएका हुन् ।

सामान्य रुघाखोकीविरुद्धको खोपका रूपमा नेजल स्प्रे पहिले नै विकसित गरिएको हो । सुई लगाउन डराउने बालबालिका र वयस्क दुवैका लागि यो बनाइएको हो ।

नाकमा छर्किने खोप चीनले परीक्षण गरिरहेको दशौं खोप हो । आस्त्राजेनेका कम्पनीले गरिरहेको खोप परीक्षणका क्रममा एक व्यक्ति बिरामी परेपछि परीक्षण स्थगित गरिएको छ र चीनले उसलाई उछिन्ने अवसर पाएको छ ।

इन्टरनेजल स्प्रेमा कमजोर बनाइएको फ्लु भाइरस हुन्छ । त्यसमा कोरोनाभाइरसको स्पाइक प्रोटीनका जेनेटिक सेग्मेन्टहरू हुन्छन् ।

यसले कोभिड–१९ जन्माउने रोगाणुविरुद्ध शरीरको रोगप्रतिरोधक क्षमता बढाउने साइन्स यान्ड टेक्नोलोजी डेलीले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ७ : ४६ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका