रूसद्वारा कोरोनाविरूद्धको खोप उत्पादन सुरू   | Khabarhub Khabarhub

रूसद्वारा कोरोनाविरूद्धको खोप उत्पादन सुरू  


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन सुरू गरेको छ।

विश्वमै पहिलो पटक कोरोना भाइरसविरूद्धको खोप बनाएको दाबी गरिरहेको रूसले उक्त खोपको उत्पादन सुरू गरेको जनाएको हो ।

रूसको स्वास्थ्य मन्त्रालयले यो महिनाको अन्त्यसम्ममा खोप लगाउन सुरू गरिने तयारीका साथ उत्पादन थालिएको जनाएको बीबीसीले जनाएको छ ।

द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरूमा सम्झौता गरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।

गत मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ खोपले परीक्षणसम्बन्धी आवश्यक सबै विधिहरू पूरा गरेको र आफ्नी छोरीले नै खोप लगाइसकेको बताएका छन्।

तर, रुसमै स्वतन्त्र रूपमा गरिएको एउटा जनमत सर्वेक्षणले समेत विश्वास नभएको भन्दै करिब आधा जति चिकित्सकहरू खोप लगाउन तयार नरहेको देखाएको छ।

विश्वकै सबैभन्दा पहिलो भू-उपग्रह स्पुत्निक फाइभको सम्मानमा खोपको नाम स्पुत्निक राखिएको छ। रुसी भाषामा स्पुत्निक भनेको भू-उपग्रह हो।

दुई दिनअघि रुसले खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा व्यक्त भइरहेका चिन्ताको खण्डन गरेको थियो । कतिपय मुलुकहरूले रूसले तयार पारेको खोपको मागसमेत गरिसकेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ६ : १४ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई