लिदी पहिरो अपडेट : १६ को शव भेटियो, २३ को खोजी जारी (मृतकको सूचीसहित) | Khabarhub Khabarhub

लिदी पहिरो अपडेट : १६ को शव भेटियो, २३ को खोजी जारी (मृतकको सूचीसहित)


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गएको पहिरोमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

शुक्रबार बिहान गएको पहिरोमा पुरिएका ११ जनाको शुक्रबार नै शव भेटिएकोमा थप ५ शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मृतक १६ जनाकै पहिचान भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी माधव प्रसाद काफ्ले जानकारी दिए ।

काफ्लेका अनुसार मृत्यु हुनेमा नौ बालबालिकासहित चार महिला र बाँकी पुरुष छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक गरेको विवरण

मृत्यु हुनेमा लिदी लामागाउँकी ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महिनाका रेमिश दोङ, १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ र ७ महिनाका कबिर दोङ रहेका छन् ।

बेपत्ताको बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीद्वारा खोजी गरिरहेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ५ : ४१ बजे

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी