कपिलवस्तुका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु | Khabarhub Khabarhub

कपिलवस्तुका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुका एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचारत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु भएका पुरुष कपिलवस्तुको मायादेवी–७ का ४० वर्षका पुरूष हुन् ।

श्वासप्रश्वासमा समस्या देखिएका उनमा कोरोनासँग मिल्दा लक्षण पनि देखिएपछि गत बुधबारबाट लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

‘कपिलवस्तुका एकजना कोरोना संक्रमितको मृत्यु भएको हो, थापाले खबरहबसँग भने, ‘उहाँमा कोरोनाको लक्षण तथा श्वासप्रश्वासको समस्या भएर अस्पतालमा लगिएको थियो, आज बिहान ४ बजे मृत्यु भयो, बिहान नै रिपोर्ट पनि पोजेटिभ आयो ।’

थापाका अनुसार ती पुरुष ४ महिनाअघि भारतबाट नेपाल फर्किएका थिए । ‘उहाँ कपिलवस्तुकै स्थानीय हो, ४ महिना अघि भारतबाट आउँदा कोरोना नेगेटिभ थियो,’ थापाले भने, ‘तर अहिलेचाँही बिरामी पर्नुभयो, उपचारको क्रममा मृत्यु नै भयो, कोरोना पनि पोजेटिभ देखियो ।’

कपिलवस्तुमा कोरोना संक्रमण फैलिएको अवस्था छ । भारतबाट फर्किदा कोरोना संक्रमण नदेखिएकोमा उनमा कपिलवस्तुमै आएपछि संक्रमण फैलिएको थापाले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १२ : ५५ बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज