इरानको ट्यांकर अमेरिकाको नियन्त्रणमा | Khabarhub Khabarhub

इरानको ट्यांकर अमेरिकाको नियन्त्रणमा


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्यांकर नियन्त्रणमा लिएको छ ।

एक वरिष्ठ अमेरिकी अधिकारीले इन्धनले भरिएका पानीजहाज रोक्न सैन्यबल प्रयोग गर्नु नपरेको बताएका छन् । अमेरिकी तटीय रक्षकहरुले जहाजका मालिक, वीमा कम्पनी र क्याप्टेनलाई अमेरिकी अधिकारीसमक्ष जहाज बुझाउन चेतावनी दिएका थिए ।

भेनेजुएलाका लागि इरानी राजदूत होजाड सोल्तानीले तेल ट्याँकर र त्यसका मालिक दुबै इरानी नभएको दाबी गरेका छन्।

गत महिना अमेरिकी संघीय न्यायाधीवक्ताले एक व्यापारी महमुद मदानीपोरले व्यवस्था गरेको कार्गो जहाज नियन्त्रणमा लिन अमेरिकी अदालतमा मुद्दा दायर गरेको थियो ।

अधिकारीहरुका अनुसार मदानीपोरको इरानी क्रान्तिकारी गार्डसँग निकट सम्बन्ध रहेको छ । अमेरिकाले इरानी क्रान्तिकारी गार्डलाई आतंकवादी संस्थाको रुपमा सूचीकृत गरेको छ ।

न्यायाधीवक्ताका अनुसार चारवटा इन्धन ट्याँकरबाट ११ लाख ब्यारेल ग्यास भेनेजुएलातर्फ पठाइएको थियो । तर, यी जहाज भेनेजुएला पुग्न पाएका थिएनन् र बीचमै बेपत्ता भएको ठानिएको थियो । दुई वटा जहाज भने केप भर्ड नजिक पुनः देखा परेका थिए ।

बेल्ला, बेरिङ, पान्डी र लुना नाम गरेका यी चारवटा जहाज वा त्यसमा रहेको कार्गोका विषयमा हाल केही स्पष्ट हुन सकेको छैन । जहाजका क्याप्टेनहरुले पनि एक साताअघिदेखि नै आफ्ना ट्राकिङ उपकरण बन्द गरिदिएका छन् ।

अमेरिकी प्रतिबन्धको सामना गरिरहेका इरान र भेनेजुएलामाथि थप कडा कारबाही गर्ने अमेरिकाले चेतावनी पनि दिएको छ ।

अमेरिकी प्रतिबन्धसँगै अन्तर्राष्ट्रिय व्यापारिक समूहसँगको कारोबार घट्न थालेपछि पछिल्लो समय भेनेजुएलाको निकोलास मदुरो सरकारले इरानसँग सम्बन्ध प्रगाढ बनाउँदै लगेको छ ।

गत मे महिनामा मदुरोले पाँचवटा इरानी पानीजहाजबाट इरानी इन्धन आफ्नो देश आइपुगेको भन्दै खुशी व्यक्त गरेका छन्। त्यसबखत राजधानी काराकास सहित प्रमुख शहर बजारमा तेलका लागि मानिसहरुलाई लामो लाइन बस्नु परेको थियो  ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ९ : ०४ बजे

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका