शाही र कार्की एआईजीमा बढुवा सिफारिस | Khabarhub Khabarhub

शाही र कार्की एआईजीमा बढुवा सिफारिस


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ।

गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले डीआईजीद्वय नीरजबहादुर शाही र प्रद्युम्नकुमार कार्कीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो।

समिति संयोजक गृहसचिव महेश्वर न्यौपाने, सदस्यसचिव प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र लोकसेवा आयोगका सदस्यसहितको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

तत्कालीन प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र एआईजी तारणी लम्सालले अनिवार्य अवकाश पाएका थिए। त्यसपछि रिक्त महानिरीक्षक पदमा क्षेत्रीको बढुवा भएपछि दुई एआईजी दरबन्दी खाली थियो।

बढुवा सिफारिसमा परेका शाही र कार्की दुवै महानिरीक्षक क्षेत्रीकै ब्याचका हुन्।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

शाही प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय र कार्की प्रहरी प्रधान कार्यालयकै विशेष व्यूरोमा कार्यरत छन् ।

बढुवा सिफारिस सूची

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ९ : ५६ बजे

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी