राष्ट्रपति भण्डारीसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  महालेखापरीक्षकको वार्षिक प्रतिवेदन विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको छ ।

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७५/०७६ को महालेखा परीक्षकको प्रतिवेदन पेश गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले सुशासन कायम गर्न, पारदर्शिता अपनाउन र फजुल खर्च नियन्त्रण गरी विकासनिर्माणका कार्य समयमा नै सम्पन्नक गराउन महालेखापरीक्षकबाट हुने लेखा परीक्षणको ठूलो महत्व राख्ने बताइन् ।

आर्थिक अनुशासन कायम गरी समग्र आर्थिक विकासका कार्य सम्पादन गरेमा नै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्न मद्दत पुग्ने बताउँदै राष्ट्रपति भण्डारीले आफ्नो गहन संवैधानिक दायित्व निर्वाह गर्न महालेखा परीक्षकको कार्यालय सफल हुने विश्वानस व्यक्त गरिन ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ६ : २२ बजे

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

पाटन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास,

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग 

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बैठक स्थगित भएको छ ।  मुख्यमन्त्री दीर्घ