बलात्कारको आरोपमा सशस्त्रका एसएसपी पक्राउ | Khabarhub Khabarhub

बलात्कारको आरोपमा सशस्त्रका एसएसपी पक्राउ


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल (एपीएफ) एक वरिष्ठ उपरिक्षक (एसएसपी) बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

बलात्कारको आरोपमा प्रहरीले एसएसपी राजेन्द्र अधिकारीलाई पक्राउ गरेको हो । एक महिलाले अधिकारीविरुद्ध बलात्कारको उजुरी दिएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अधिकारी सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटन, पोखरामा कार्यरत थिए ।

बुधबार आफ्नै निवासमा एक महिलालाई बोलाएर बलात्कार गरेको मौखिक उजुरीका आधारमा अधिकारीलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए।

पीडितकाे स्वास्थ्य परीक्षण गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको एसपी श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ६ : ०८ बजे

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण