स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए | Khabarhub Khabarhub

स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटि सदस्यलाई बालुवाटार बोलाएका छन् ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको बुधवारको बैठक निष्कर्षविहीन भएपछि उनले सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् ।

ओलीले जनार्दन शर्मा, गोकर्ण विष्ट, देवेन्द्र पौडेल, मणि थापा, टोमबहादुर रायमाझी लगायतका नेतासँग छलफल गरिरहेको स्रोतले बतायो ।

केही समयदेखि नेकपाभित्र विवाद उत्पन्न भएको छ । यसअघि स्थायी कमिटीका केही सदस्य र शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष पद र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए ।

राजीनामाको मागपछि ओलीले प्रचण्डसहित अन्य नेकपाका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ५ : ३७ बजे

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका