राखेपको सदस्यसचिव पदमा फेरि सिलवालको उम्मेदवारी | Khabarhub Khabarhub

राखेपको सदस्यसचिव पदमा फेरि सिलवालको उम्मेदवारी


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालले उम्मेदवारी दिएका छन् ।

उनले बुधबार सदस्य सचिवका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

सिलवालसँगै सदस्यसचिवका लागि अन्य ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ११ मध्ये सिलवालले १० औं नम्बरमा उम्मेदवारी दर्ता गराएको स्रोतले जानकारी दिएको छ ।

वि.सं. २०७६ असार २३ गते सिलवाल सदस्यसचिवमा ४ वर्षका लागि नियुक्त भएका थिए । खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि उनी पदमुक्त भएका थिए ।

यसअघि सिलवालले दरखास्त दर्ता गराएर सदस्यसचिवमा उम्मेदवारी दर्ता नगर्ने जिकिर गर्दै आएका थिए । बुधबार उनले दर्ता गरेसँगै सिलवाल नै सदस्यसचिव बन्ने सम्भावना बलियो बनेको छ । यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको पहुँच नेकपाको सिफारिसमा सदस्यसचिवमा नियुक्त भएका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुद आयोजनाको जिम्मेवारीसहित राखेप प्रवेश गरेका सिलवालले साग सफलता पूर्वक सम्पन्न गराएका थिए ।

ऐनले आफूमाथि अन्याय गरेको र मन्त्री सरकार पनि उनको विषयमा लचिलो बनेपछि उम्मेदवारी दर्ता गराएको स्रोतको दाबी छ।


यो पनि पढ्नुहोस्:

राखेपको सदस्य सचिवमा अन्जु र निलमको उम्मेदवारी


प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ५ : ३० बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास