यसरी अस्वीकार गरेकी थिइन् श्रीदेवीले ‘बाहुबली’ मा शिवगामीको भूमिका | Khabarhub Khabarhub

यसरी अस्वीकार गरेकी थिइन् श्रीदेवीले ‘बाहुबली’ मा शिवगामीको भूमिका


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय फिल्म ‘बाहुबली’ ले विश्वभर नै धमाका मच्चायो । फिल्म मात्र हिट भएन, फिल्ममा मुख्य भूमिका निभाएका पात्रहरुको पनि खुबै चर्चा भयो ।

यो फिल्ममा श्रीदेवीलाई शिवगामीको भूमिका निभाउन प्रस्ताव गरिएको थियो । तर, उनले अस्वीकार गरेकी थिइन् । पछि यो भूमिका राम्य कृष्णनले निभाएकी थिइन् ।

जबकि, श्रीदेवीलाई शिवगामीको भूमिका निभाउन प्रस्ताव गर्न निर्देशक एसएस राजामौली श्रीदेवीको मुम्बईस्थित घर पुगेका थिए ।

श्रीदेवीलाई पनि फिल्ममा आफ्नो भूमिका र कहानी उत्तिकै मन परेको थियो । उनी पहिलेदेखि नै राजमौलीको कामप्रति प्रभावित थिइन् ।
अर्कातिर तेलुगु सुपरस्टार प्रभास पनि फिल्ममा अनुबन्ध भएका थिए ।

श्रीदेवीले तत्कालै यो फिल्ममा आफूले काम गर्ने बताइन् । राजामौली पनि खुशी हुँदै हैदराबाद फर्किए । उनले आफ्नो टिमलाई पनि यसबारेमा जानकारी दिए ।

लगत्तै राजामौलीलाई श्रीदेवीको टिम मेम्बरबाट फोन आयो कि, श्रीदेवीले यसबारेमा कुरा गर्न चाहन्छिन् ।

राजामौली आफ्नो काम छोडेर बीचमा मुम्बई आइपुगे । यसपटक मिटिङमा श्रीदेवीसँग पति बोनी कपूर पनि थिए । उनले शर्तको लामो लिस्ट तयार पारे ।

श्रीदेवीका पतिले हिरोलाई भन्दा पनि बढी पारिश्रमिक दिनुपर्ने बताए । साथै शूटिङका दौरान पूरै स्टार होटल बूक गर्नुपर्ने पनि उनले बताए ।

यति मात्र नभएर फिल्मको नाफा पनि शेयर गर्नुपर्ने उनले राजामौलीलाई प्रस्ताव गरे । यता श्रीदेवी भने पूरै मिटिङका दौरान चुप रहिन् ।

राजामौली हैदराबाद फर्किए । राजामौलीले जाने बेला श्रीदेवीलाई भनेका थिए, ‘तपाईंलाई त यो भूमिका मन परेको थियो त, फेरि यति धेरै शर्त किन राख्नुभयो ?’

राजामौलीले फिल्म हिट भयो भने श्रीदेवीलाई पनि फाइदा हुनसक्ने बताए । जवाफमा बोनी कपूरले श्रीदेवीले अभिनय नगरे फिल्म नै असफल हुन पनि सक्ने प्रतिक्रिया दिए ।

यद्यपि फिल्म बन्यो । पछि फिल्म यति हिट भयो कि, फिल्मले बलिउडमा पनि धमाका मच्चायो । पछि एक कुराकानीका क्रममा श्रीदेवीले भनेकी थिइन् – मैले निकै राम्रो भूमिका गुमाएँ । पैसा त पाइन्छ तर राम्रो भूमिका र राम्रो फिल्म बारम्बार पाइँदैन ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १२ : ४५ बजे

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे

गाउँमा डढेलो सल्किँदा १० घर जलेर नष्ट, दर्जनौँ पशुचौपाया हताहत

सल्लेरी– हिमाली जिल्ला सोलुखुम्बुमा जंगलको डढेलो गाउँमा सल्किँदा १० घर

इलाम परिणामको सन्देश– ‘बोल्न नजान्ने देउवा दबाबमा, ओलीको फूर्तिफार्ती’

विशेषतः इलाममा उपनिर्वाचन हुँदै गर्दा तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको