नर्विच सिटिविरूद्ध चेल्सीको जीत, च्याम्पियन्स लिगमा छनोटको सम्भावना कायमै | Khabarhub Khabarhub

नर्विच सिटिविरूद्ध चेल्सीको जीत, च्याम्पियन्स लिगमा छनोटको सम्भावना कायमै


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई हराउँदै चेल्सीले च्याम्पियन्स लिगमा छनोटको सम्भावना कायमै राखेको छ ।

मंगलबार राति चेल्सीले घरेलु मैदानमा तालिकाको पुछारमा रहेको नर्विच सिटीमाथि १–० गोल अन्तरले हरायो ।

च्याम्पियन्स लिग छनोटको कठिन दौडमा रहेको चेल्सीलाई पछिल्लो जीतले ठुलो राहत र आत्मविश्वास दिएको छ । प्राप्त जीतले लण्डन क्लब अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ ।

दुई खेल खेल्न बाँकी रहेको अवस्थामा तेस्रो स्थानको चेल्सीले आफुलाई थप सुरक्षित गरेको छ ।

पहिलो हाफको ईन्जुरी समयमा जिराउडले हेडमार्फत गोल गर्दै चेल्सीलाई जीत दिलाएका हुन् ।

दायाँबाट क्रिस्टियन पुलिसिकले उपलब्ध गराएको क्रसलाई जिराउडले हेडमार्फत पोस्टको दिशा दिए ।

चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडसंग ४ अंकको अग्रता लिएको छ । चेल्सीलाई अब एक जीतले च्याम्पियन्स लिगमा छनोट गराउनेछ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ५ : २५ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ