प्रदेश १ सरकारले ल्यायो ४० अर्ब ८९ करोडको बजेट (पूर्णपाठ सहित) | Khabarhub Khabarhub

प्रदेश १ सरकारले ल्यायो ४० अर्ब ८९ करोडको बजेट (पूर्णपाठ सहित)


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रु. ४० अर्ब ८९ करोड ९९ लाख ४७ बजेट ल्याएको छ ।

कुल विनियोजनमध्ये चालु तर्फ रु. १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६ दशमलव २९ प्रतिशत र पुँजिगत २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ प्रतिशत रहेको छ ।

बजेट प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सोमबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् । वित्तीय व्यवस्थापन तर्फ रु. ४ करोड । अन्तर सरकारी वित्तीय हस्तान्तरणका लागि रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यवस्थापन आन्तरिक स्रोत ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजश्व बाँडफाँटबाट रु. १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट रु. १५ अर्ब ११ करोड ३८ लाखले बोहोरिने मन्त्री आङ्बोले जनाएका छन् । सरकारको नगद मौज्दात ६ अर्ब रहने अनुमान गरिएको छ ।

खर्च आवश्यकता पूरा नहुने भएकाले रु. ५ अर्ब अन्तर सरकारी वित्त व्यवस्था ऐन २०७४ ले व्यवस्था गरेबमोजिम नेपाल सरकारसँग ऋण लिएर पूर्ति गरिने बजेटमा उल्लेख छ ।

बजेटको पूर्ण पाठ

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ५ : २० बजे

कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान बस्दैछ। बैठक

आज अक्षय तृतीया 

काठमाडौँ– वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि

देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

संघीय संसद् अधिवेशन आजदेखि

काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन

आज २०८१ साल वैशाख २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २८ गते शुक्रबार तदनुसार