सरकारले दायर गरेको ‘भ्याकेट’ निवेदनमाथि सुनुवाइ सुरू | Khabarhub Khabarhub

सरकारले दायर गरेको ‘भ्याकेट’ निवेदनमाथि सुनुवाइ सुरू


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले भनेको समयमा कर तिर्न नपर्ने अन्तरिम आदेश खारेज गर्न माग गर्दै सरकारले दायर ‘भ्याकेट’ निवेदनको सुनुवाइ शुरु भएको छ ।

सरकारले दायर गरेको आदेश खारेजीको निवेदन ‘भ्याकेट’मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा शुरु भएको हो । गत बुधबारको सर्वोच्चले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । तर सरकारले अन्तरिम आदेश खारेजीको माग गर्दै शुक्रबार भ्याकेटको निवेदन दर्ता गरेको थियो ।

सरकारको आम्दानीको मुख्य स्रोत नै राजश्व भएको र राजश्व संकलन नहुँदा कर्मचारीको तलब सुविधादेखि अन्य सबै काम रोकिने भन्दै गत चैतसम्मको कर अनलाईमार्फत बुझाउने सरकारी निर्णय कार्यान्वयन गर्न माग गरिएको छ ।

आन्तरिक राजश्व विभागले २०७६ साल फागुनसम्म बुझाउनुपर्ने कर जेठ २५ गतेभित्र बुझाउन सूचना जारी गरेको थियो । तर चौतर्फी आलोचनापछि सरकारले कर तिर्ने मितिमा हेरफेर गर्दै आगामी असार ७ र १५ गतेसम्मका लागि म्याद दिएको थियो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  २ : १२ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार