सुशान्त सिंह राजपुतको आत्महत्या पछि बाहिरिएका दुई रहस्य | Khabarhub Khabarhub

सुशान्त सिंह राजपुतको आत्महत्या पछि बाहिरिएका दुई रहस्य


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनयको निकै राम्रो सम्भावना बोकेर बलिउडमा प्रवेश गरेका सुशान्त सिंह राजपुतले अभिनय गरेका सबै फिल्म हिट थिए ।

उनी राम्रा बलिउड अभिनेतामा गनिन थालेका थिए । तर आइतबार अचानक यिनै अभिनेताले आत्महत्या गरेको खबर बाहिरियो । उनको आत्महत्याले के फ्यान, के दर्शक सम्पुर्ण कला जगतलाई नै दुखि तुल्यायो ।

सुशान्तले आफ्नो निवास मुम्बईको फल्याटमा आत्महत्या गरेका हुन् । त्यहा उनी एक डिलक्स अपार्टमेन्टमा बस्दै आएका थिए । जहाँ ४ फ्ल्याट थियो ।

सुशान्तले त्यस अपार्मेन्टको मोटो रकम तिर्दै आएका थिए । सुरुमा नै भारु १२ लाख ९० हजार डिपोजिट गरेका थिए भने हरेक महिना उनी ४ लाख ५१ हजार भाडा तिर्दथे । यस फल्याटमा सुशान्तले २०२२ सम्म बस्ने सम्झौता गरेका थिए । तर अब त्यो सम्भव छैन ।

सुशान्तका बारेमा बाहिरिएको अर्को समाचार के छ भने उनी यहि बर्ष अर्थात सन् २०२० को नोभेम्बरमा विवाह गर्ने तयारीमा थिए । उनको विवाहका लागी उनको घर पटनामा तयारी समेत भएको थियो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १२ : ३१ बजे

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार