भरियो क्वारेन्टिनको शौचालय | Khabarhub Khabarhub

भरियो क्वारेन्टिनको शौचालय


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्ला सदरमुकाम सिमकोटस्थित सिमकोट गाउँपालिकाले कुनै वास्ता नगर्दा हवाई र स्थलमार्गबाट जिल्ला भित्रिएका सिमकोट गाउँपालिका वडा १ देखि ८ सम्मका क्वारेन्टिनमा बसेका नागरिकलाई समस्या भएको छ ।

वडा नं १ र २ दुई रहेको जिल्लाकै ठूलो जनसंख्या रहेको ठेहेको क्वारेन्टाइनमा आफूहरुलाई न्यूनतम मापदण्डानुसार स्थानीय सरकारले सेवासुविधा दिन नसकेको क्वारेन्टाइन बस्ने नागरिकले गुनासो गरेका छन् ।

भारत र देशका काठमाडौँ, सुर्खेत, बाँकेलगायत क्षेत्रबाट आएका नागरिकलाई एउटै भवनमा राखिएको छ । उनीहरुले एउटै शौचालय प्रयोग गर्दै आएका छन् ।

क्वारेन्टाइन व्यवस्थित हुन नसक्दा महिला र पुरुषले एउटै शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको वडा नं १ की रुपा भण्डारीले बताइन । उनका अनुसार क्वारेन्टाइनमा शौचालय भए पनि फोहोर भरिएको, खानेपानीको व्यवस्था नभएको तथा पानी घरबाट ल्याएर खानुपर्ने अवस्था छ ।

गाउँमा एकैपटक पाँच/छ सय नागरिक भित्रिएपछि व्यवस्थापन गर्न समस्या भएको वडाध्यक्ष नरबहादुर भण्डारीले बताए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १२ : ०० बजे

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।