सिरहामा स्वाब सङ्कलन रोकियो, जोखिम बढ्दो | Khabarhub Khabarhub

सिरहामा स्वाब सङ्कलन रोकियो, जोखिम बढ्दो


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – विगत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन कार्य रोकिँदा सङ्क्रमण थप फैलिने जोखिम बढ्दै गएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत जेठ १९ गतेदेखि स्वाब सङ्कलन रोकिएको हो ।

‘न धरानले लिन मानिरहेको न त विराटनगर, राजविराज, जनकपुर र टेकुले लिन मानेका छन्’, जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले भने, ‘हामीले स्वाब सङ्कलन गरी परीक्षणका लागि खासमा जनकपुर र काठमाडौँ पठाउने हो तर जनकपुरले ‘अहिले स्वाब नपठाउनू’ भनेर पत्र नै पठाएको छ, टेकुले पनि स्वाब नपठाउनू भनेकाले रोकेका हौँ ।’

मुलुकको कुनै पनि प्रयोगशालाले परीक्षणका लागि स्वाबको नमूना लिन नमानेपछि जेठ १९ गतेयता जिल्लामा स्वाब सङ्कलन रोकिएको प्रमुख यादवको भनाइ छ ।

कोरोना भाइरस तीव्रगतिमा फैलिएको छिमेकी मुलुक भारतबाट दैनिक घर फर्किनेको सङ्ख्या बढ्दै गएको बेला परीक्षणका लागि स्वाब सङ्कलन नै रोकिएपछि कोरोना सङ्क्रमण थप फैलिने जोखिम बढेको प्रमुख यादवले बताए ।

‘हामीसँग अझै स्वाब सङ्कलन गर्ने किट छ तर न त प्रयोगशालाले स्वाबको नमूना लिन मानेका छन् न त माथिबाट सङ्कलन गर्न निर्देशन नै आएको छ’, प्रमुख यादवले भने, ‘त्यसैले स्वाब सङ्कलन रोकेर आरडीटी मात्र जाँच गरेर घर पठाउनुपर्ने बाध्यतामा पुगेका छौँ ।’

पछिल्लोपटक सिरहाबाट गत जेठ १७, १८ र १९ गते सङ्कलन गरी पीसीआर परीक्षण गर्न ४२० को स्वाब पठाएकामा हालसम्म १५० को मात्र रिपोर्ट आएको छ ।

बाँकीको रिपोर्ट अझै आउन सकेको छैन । सिरहाका विभिन्न स्थानको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाइएकाहरुको दुई सातासम्म पनि रिपोर्ट नआउँदा व्यवस्थापनमा समस्या भइरहेको जनप्रतिनिधिले गुनासो गरेका छन् ।

गत जेठ १७ गते स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गर्न पठाएकामा हालसम परीक्षण रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेकालाई घर पठाउने वा क्वारेन्टाइनमा नै राख्ने भन्ने अन्योल बढेको सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष मेहताले बताए ।

‘दैनिक क्वारेन्टिनमा आउनेको सङ्ख्या बढ्दै गएको छ’, गाउँपालिका अध्यक्ष मेहताले भने, ‘तर स्वाब लिएकाहरुको समयमा रिर्पार्ट नआएपछि उहाँहरुलाई घर पठाउने कि क्वारेन्टाइनमै राख्ने भन्नेमा हामी आफैँ अन्योलमा परेका छौँ ।’

भारतबाट दैनिक घर फर्किनेको लर्कोले जिल्लाका लगभग सबै क्वारेन्टाइन भरिभराउ हुन लागेकाले अब आउनेलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चुनौती बढेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले बताए ।

‘हामीसँग दुई हजार शैय्याको क्वारेन्टाइन छ तर अहिलेसम्म करिब एक हजार ५०० भन्दा बढी व्यक्ति क्वारेन्टाइनमा छन्’, प्रजिअ गुरागाईँले भने, ‘दैनिक आउने क्रम बढ्दै गएकाले अबको केही दिनभित्रै ती सबै क्वारेन्टिन भरिन्छन् र त्यसपछि आउनेलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने समस्या आउन सक्छ ।’

 हालसम्म सिरहामा एक हजार ८४९ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा ६४ जनाको पोजेटिभ र एक हजार ४४३ जनाको निगेटिभ गरी कूल एक हजार ५०७ जनाको मात्र परीक्षण रिर्पोट आएको छ भने ३४२ जनाको रिपोर्ट अझै आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

आरडीटी किटबाट कूल एक हजार ७७७ जनाको परीक्षण गरिएकामा ६७ जनाको पोजेटिभ र एक हजार ७१० जनाको रिपोर्ट निगेटिभ आएको जनाइएको छ । सिरहामा हालसम्म कोरोना भाइरस सङ्क्रमित ६४ मध्ये २० जना उपचारपश्चात निको भई घर फर्किसकेका छन् । – रासस ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : ११ बजे

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका