काठमाडौंका ३१ जनामा देखियो 'र्‍यापिड टेस्ट रिपोर्ट' पोजेटिभ | Khabarhub Khabarhub

काठमाडौंका ३१ जनामा देखियो ‘र्‍यापिड टेस्ट रिपोर्ट’ पोजेटिभ


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकामा काम गर्ने ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ।

शुक्रबार गरिएको र्‍यापिड डाइगोनेस्ट परीक्षणमा ३१ जानाको पोजेटिभ देखिएको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्यले बताए। पोजेटिभ देखिएका अधिकांश सफाइ कर्मचारी रहेको उनले बताए।

महानगरले स्वास्थ्य विभागको समन्वयमा विहीबारबाट परीक्षण थालेको थियो । शुक्रबार ९ सय ३४ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएको छ ।

जसमध्ये आडीटी विधिबाट ६सय ६४ र पीसीआर विधिबाट २ सय ७० जनाको परीक्षण गरिएको महानगरपलिकाको स्वास्थ्य विभाग प्रमुख बज्राचार्यले जानकारी दिए ।

पीसीआर विधिबाट टेस्ट गर्दा लामो समय लाग्ने भएकाले आरडीटी विधिबाट पनि परीक्षण गरिएको उनले बताए। सफाई कर्मचारीको कोरोना परिक्षण महानगरपालिका र स्वास्थ्य सेवा विभागको समन्वयमा भएको थियो।

आरडीटीमा पोजेटिभ देखिएका सबै कर्मचारीको स्वाब निकालेर पीसीआर परीक्षणका लागि पठाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ६ : ३८ बजे

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी