सरकारको नीति तथा कार्यक्रम जनमुखी र परिणाममुखी : राष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

सरकारको नीति तथा कार्यक्रम जनमुखी र परिणाममुखी : राष्ट्रपति भण्डारी


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम जनमुखी रहेको बताएकी छिन् । उनले सरकारको कार्यक्रमहरु परिणाममुखी रहेको बताउँदै सरकारको दुई बर्षे कार्यकाल उत्साहजनक रहेको बताइन् ।

संघीय संसदमा सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन सरकारको कार्यशैली सक्षम बनेको बताइन् ।

उनले राजनीतिक स्थायीत्वले मात्र जनमतको सम्मान हुने बताउनु हुँदै सरकारको सबै काम प्रष्ट देखिन गरि भइरहेको बताइन् ।

कोभिड १९ नियन्त्रणका लागि सरकारले चालेको कदम सराहनीय रहेको बताउदै उनले रोग विरुद्धको संघर्षमा मुलुकमा सबै एकढिक्का हुन पनि आह्वान गरिन् ।

यस पटक मेरो सरकार भन्ने शब्द प्रयोग नगरी सरकारको नीति तथा कार्यक्रम पेश गरिरहनु भएको राष्ट्रपति भण्डारीले बन्दाबन्दीमा मारमा परेकोलाई राहत वितरणमा पनि सरकारले राम्रो भुमिका खेलिरहेको बताइन् ।

 

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ४ : ४५ बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट