'ड्यूटी' सकेर घर जाँदै गरेका त्रिविका तीन जना चिकित्सकमाथि प्रहरीद्वारा कुटपिट | Khabarhub Khabarhub

‘ड्यूटी’ सकेर घर जाँदै गरेका त्रिविका तीन जना चिकित्सकमाथि प्रहरीद्वारा कुटपिट


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्पतालबाट ड्युटी सकेर घर फर्किदै गरेका तीन जना चिकित्सकमाथि प्रहरीद्वारा हातपात भएको छ ।

त्रिवि शिक्षण अस्पतालका डाक्टर तेजप्रकाश शाह र डाक्टर शम्भु खनाल तथा कान्ति बाल अस्पतालका डाक्टर विकास शाहमाथि प्रहरीले हातपात गरेको हो ।

आफूहरु अस्पतालको ड्युटीबाट फर्किएको भन्दाभन्दै पनि प्रहरीले लाठीचार्ज गरेको पीडित चिकित्सकमध्येका एक जना डा शम्भु खनालले खबरहबलाई बताए ।

‘हामी अस्पतालबाट घर फर्किंदै थियौं, एक जना डाक्टर कान्ति अस्पतालका र हामी दुई जना टिचिङका डाक्टर थियौं, डेरा नजिकै पुग्न लाग्दा पुलिसको भ्यान आयो,’ पीडित डाक्टर खनालले खबरहबसँग भने, ‘उहाँहरु भ्यानबाट ओर्लिएपछि हामीले हाम्रो अस्पतालको आइडीकार्ड देखाएर ड्युटीबाट फर्किएको भन्यौं, तर कार्ड देखाउँदा पनि हामीलाई लाठीचार्ज  भयो ।’

डा खनालका अनुसार यो घटना बुधबार राति सबा ८ बजेको हो ।

‘हामीले कार्ड देखाएर अस्पतालमा काम सकेर फर्किएको भन्दा पनि हामीमाथि लाठीचार्ज हुनु हामीमाथिको मानहानी नै हो,’ डा खनालले भने, ‘हामी प्रहरीबाट समेत असुरक्षित भयौं ।’

यसैबीच नेशनल रेसिडेन्ट डक्टर्स एसोसिएसनले चिकित्सकमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उसले बिज्ञप्ति जारी गर्दै घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । कारबाही प्रक्रिया अगाडि नबढाए कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ११ : ४४ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा