विमास्थलका एक्सरे टेक्निसियनले अवैध रुपमा कमाए २ करोड | Khabarhub Khabarhub

विमास्थलका एक्सरे टेक्निसियनले अवैध रुपमा कमाए २ करोड


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे टेक्निसियनका रुपमा कार्यरत कर्मचारीले अवैध रुपमा मात्रै २ करोड भन्दा बढी रकम आर्जन गरेको देखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा एक्सरे टेक्निसियन राज कुमार ढकालले अवैध रुपमा मात्रै २ करोड २ लाख ८ सय ८६ रुपैयाँ अवैध रुपमा आर्जन गरेको देखिएको हो ।

अख्तियारका अनुसार ढकालले अवैध रुपमा आर्जन गरेको रकमबाट श्रीमती निरजरा घिमिरेको नाममा समेत घरजग्गा खरिद गरेको देखिएको छ ।

अख्तियारले अवैध रुपमा करोडौं आर्जन गर्ने ढकालविरुद्ध २ करोड २ लाख ८ सय ८६ रुपैयाँ बिगो दाबी गर्दै बिगोअनुसार जरिवाना र २ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

यस्तै, अख्तियारले ढकालकी श्रीमती निरजराविरुद्ध पनि सम्पत्ति जफत प्रयोजनका लागि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ४ : ३७ बजे

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै