काठमाडौं – कोरोना भाइरसका कारण पूरै विश्वभरि नै आतंक मच्चिएको छ । महामारीका रुपमा फैलिएको यो भाइरसले नेपालमा पनि आतंक मच्चाएको छ ।
कलाकारहरु यतिबेला सेल्फ क्वारेन्टाइनमा छन् । दीपकराज गिरी भने एफएममा कार्यक्रम चलाउने हुँदा बाहिर पनि निस्किरहेका हुन्छन् ।
हालै दीपकराज गिरीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अहिले कोरोनाका कारण मान्छेसँग नै डर लाग्न थालेको बताएका छन् ।
सामाजिक सञ्जालमा गिरीले लेखेका छन्, ‘पहिला पहिला बाटोमा मान्छेले चिन्लान् भनेर मास्क लगाउँथें, आजकाल कोरोनाले नचिनोस् भनेर लगाउँछु ।’
गिरीले कोरोनाले फाइदा पनि पु¥याएको भन्दै राजधानीका चिल्ला सडकको चर्चा गरेका छन् ।
‘पहिले बाघ भालुसँग डर लाग्थ्यो, आजकाल मान्छेसँग नै डर लाग्छ, तर जे हुँदैछ केही न केही राम्राका लागि हुँदैछ,’ उनी भन्छन् ।
यतिबेला गिरीले ‘छक्का पञ्जा ४’ को स्किृप्ट लेखिरहेका छन् । तर, कोरोना भाइरसले प्रभावित पारेको माहोलका कारण आनन्दले लेख्न सकिरहेका छैनन् ।
प्रतिक्रिया