प्रधानमन्त्री ओलीद्वारा 'आपतकालीन कोष' बनाउने मोदीको प्रस्ताव स्वीकार | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीद्वारा ‘आपतकालीन कोष’ बनाउने मोदीको प्रस्ताव स्वीकार


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध सार्क ‘इमर्जेन्सी फण्ड’ बनाउन गरेको प्रस्ताव स्वीकार गरेका छन् ।

कोरोना भाइरसविरुद्ध सार्क मुलुकका राष्ट्रले सहकार्य गरेर अघि बढ्नु पर्ने बताउँदै प्रधानमन्त्री ओलीले समकक्षी भारतीय प्रधानमन्त्री मोदीले गरेको इमर्जेन्सी फण्ड’ बनाउने प्रस्ताव स्वागतयोग्य रहेको बताउँदै विशेष धन्यवाद ज्ञापन गरे ।

‘हाम्रो क्षेत्र कोरोना भाइरस संक्रमको ठूलो जोखिममा छ । यसले कुनै सीमा हेर्दैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले संयुक्त रुपमा यसविरुद्ध लाग्नुपर्छ । संयुक्त प्रयास आवश्यक छ । अत्यावश्यक बाहेक विदेश भ्रमण गर्नु उचित समय होइन ।’

प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण रोक्न परम्परागत औषधीलाई प्रोत्साहन गर्नुपर्ने तथा नमस्कारलाई प्राथमिकता दिनपर्ने बताए ।
उनले सीमाक्षेत्रका अस्पतालहरुलाई सीमा पार बिमारीहरुको उपचार गर्न समेत दिइनुपर्ने धारण राखे । यसलाई प्रोत्साहन समेत गरिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले अत्यावश्यक औषधी र सरसफाई विशेष ध्यान दिन समेत सबैलाई सुझाए । उनले सार्क इमर्जेन्सी मेडिकल सेन्टर आवश्यक रहेको बताए ।

उनले कोरोना भाइरस संक्रमणविरुद्धको लडाईमा नेपालको ऐक्यवद्धता रहेने जनाए । उनले कोरोना भाइरस संक्रमणको सन्त्रासले ठूलो आर्थिक चुनौती थपिएको बताउँदै यसका लागि आवश्यक सहकार्यर छलफल आवश्यक रहेको बताए ।

‘आर्थिक उन्नतिका लागि क्षेत्रीय छलफल आवश्यक छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘अन्तरक्षेत्रीय व्यापार, पर्यटन, लगानीमा सहकार्यको आवश्यक जरुरी छ ।’

भारतीय प्रधानमन्त्री मोदीले इमेर्जेन्सी फण्डमा १० मिलियन अमेरिकी डलर भारतले राख्ने र अरु राष्ट्रले पनि स्वयंसेवी योगदानका आधारमा रकम जम्मा गर्न सक्ने प्रस्ताव राखेका थिए ।

यसका लागि कुटनीतिक रुपमा अघि भारत अघि बढ्ने प्रधानमन्त्री मोदीले बताए । चिकित्सक तथा स्वास्थ्य उपकरणहरु भारतले तयार गरिरहेको उनले बताए ।

कोरोना भाइरस विरुद्ध साझा धारणा बनाउन आयोजित सार्क राष्ट्रका नेताहरुको भिडियो कन्फरेन्समा सवै मुलुकका प्रतिनिधिहरुले आ–आफ्नो मुलुकमा कोरोनाका कारण सिर्जित अवस्था र आफ्नो राष्ट्रले चालेका कदका बारेमा जानकारी गराएका थिए ।

भिडियो कन्फरेन्समा कसले के भने ?

कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रहरुको संयुक्त प्रयास आवश्यकः प्रधानमन्त्री ओली

कोरोना भाइरविरुद्ध सार्कमा ‘इमर्जेन्सी फण्ड’ बनाउन भारतको प्रस्ताव

कोरोना भाइरसविरुद्ध मिलेर अघि बढौं: प्रधानमन्त्री मोदी

कोरोना भाइरसको संक्रमण रोक्न भुटानी प्रधानमन्त्रीद्वारा साथ र सहयोगको प्रतिवद्धता

कोरोना भाइरसविरुद्ध सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन : राष्ट्रपति राजापाक्षे

कोरोना भाइरसविरुद्ध सहकार्यको ढोका खुल्यो : प्रधानमन्त्री हसिना

कोरोना भाइरसको महामारी रोक्न सार्कको भूमिका महत्वपूर्ण : पाकिस्तान

कोरोनाकाे संक्रमण रोक्न सार्क राष्ट्रबीच सहयोग प्रमुख आवश्यकता : राष्ट्रपति घानी

कोरोना भाइरसविरुद्धको लडाईंमा वृहद रणनीति आवश्यकः राष्ट्रपति सोलिह

 

 

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ७ : ०७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका