कोरोना भाइरसको महामारी रोक्न सार्कको भूमिका महत्वपूर्ण : पाकिस्तान « Khabarhub

कोरोना भाइरसको महामारी रोक्न सार्कको भूमिका महत्वपूर्ण : पाकिस्तान


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस महामारी नियन्त्रणका लागि पाकिस्तानले सक्दो प्रयास गरिरहेको स्वास्थ्य मामिलाका लागि पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार जाफर मिर्जाले जनाएका छन् ।

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै उनले पाकिस्तानमा यसको रोकथामका लागि आवश्यक स्वास्थ्य सतर्कता अपनाएको समेत जनाए ।

कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वव्यापी महामारी भनेको भन्दै उनले यसको रोकथाम पनि सम्भव रहेको जनाए ।

कोरोना भाइरसका कारण विश्वमा हालसम्म १ लाख ५५ हजार भन्दा धेरै संक्रमित, ५ हजार ८ सय ३३ जनाको मृत्यु भएको र यसको संक्रमण १ सय ३३ मुलुकसम्म पुगिसकेको भन्दै मिर्जाले यसको चुनौति पनि ठूलो रहेको बताए ।

‘दक्षिण एसियाका सबै मुलुकमा संक्रमण देखा परिसकेको छ ।’ उनले भने ।

यो महामारीविरुद्ध लड्नका लागि विज्ञानमा आधारित समाधान खोजिनुपर्ने उनको भनाइ छ । त्यस्तै, उनले सार्क यसविरुद्धको लडाईंमा महत्वपूर्ण हुने विचार व्यक्त गरे ।

‘सार्क यसका लागि महत्वपूर्ण छ । कोरोना नियन्त्रणका लागि स्वास्थ्य सूचना आदान प्रदान तथा तथ्यांक आदान प्रदान गर्ने व्यवस्था मिलाउन आवश्यक छ ।’

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ७ : ४९ बजे

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध