सभामुखले निर्णयार्थ पेश गर्नासाथ एमसीसी पास हुन्छ : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

सभामुखले निर्णयार्थ पेश गर्नासाथ एमसीसी पास हुन्छ : प्रधानमन्त्री ओली


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने बताएका छन् ।

सरकार गठन भएको दुई वर्षमा गरेका कामबारे शनिबार संसद्लाई जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले सभामुखले संसदमा पेश गर्नासाथ एमसीसी पास हुने बताएका हुन् ।

एमसीसी बारेको विवाद राजनीतिक दलहरुको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । एमसीसीबारे उनकै दल नेकपामा विवाद रहेको छ । जसका कारण नेकपाले एमसीसी अध्ययन कार्यदल नै गठन गरेको छ ।

तर प्रधानमन्त्री ओलीले भने सरकार एमसीसी पास हुने बताए ।

संसदमा प्रधानमन्त्री ओलीले भने, ‘एमसीसीबारे विवाद होला, अलि-अलि बुझ्न बाँकी होला । राजनीतिक दलहरुको विषय होला । राजनीतिक दलहरुले अध्ययन गर्लान्, यो आफ्नो ठाउँमा छ । तर सरकारले अनुमोदनका लागि संसदमा पेश गरेको छ । सभामुखले निर्णयार्थ पेश गर्नासाथ पास हुन्छ ।’

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ६ : १७ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका