आफ्नै पार्टीका प्रदेश मन्त्रीलाई कालोमोसो दल्न गएका १२ जना युवा पक्राउ | Khabarhub Khabarhub

आफ्नै पार्टीका प्रदेश मन्त्रीलाई कालोमोसो दल्न गएका १२ जना युवा पक्राउ


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – प्रदेश नम्बर दुई का समाजिक विकास मन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्न गएका १२ भन्दा बढी युवा पक्राउ परेका छन् ।

शनिबार बिहान प्रदेश राजधानी जनकपुरको जानकी हेल्थ केयरको एक खोप कार्यक्रममा सहभागी हुन गएका मन्त्री साहलाई घेरेर कालोमोसो दल्न गएका राष्ट्रिय जनता पार्टी नेपालका करीब १२ जना युवालाई प्रहरीले पक्राउ गरेको हो ।

मन्त्री साह राजपा नेपालका उपाध्यक्ष समेत हुन् । कालोमोसो दल्ने योजना बनाएर प्रवेशद्वार नै अवरुद्ध गरेर बसेपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो । युवाहरुले कार्यक्रमस्थलमै घेरेपछि मन्त्रीले झण्डै १ घण्टा अस्पतालमै बस्नु परेको थियो ।

पछि प्रहरी परिचालन गरेर युवाहरुलाई पक्राउ गरी मन्त्री साहलाई सुरक्षित गन्तव्यमा पुर्याइएको छ । त्यस क्रममा राजपा नेपालका हिरेन्द्र सिंहलगायतका युवाले मन्त्री साहलाई कालो झण्डा समेत देखाएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ५ : ४८ बजे

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो