तालिबान र अमेरिकाबीच एक साताका लागि हिंसा अन्त्य गर्ने सम्झौता | Khabarhub Khabarhub

तालिबान र अमेरिकाबीच एक साताका लागि हिंसा अन्त्य गर्ने सम्झौता


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– अफगानिस्तानमा युद्धरत लडाकु समूह तालिबान र अमेरिकाबीच एक साताका लागि हिंसा अन्त्य गर्ने सम्झौता भएको छ ।

कतारको राजधानी दोहामा अमेरिकी तथा तालिबानको राजनीतिक समूहबीच जारी वार्ताका क्रममा अफगानिस्तानमा एक साताका लागि हिंसा रोक्ने सम्झौता भएको हो ।

जर्मनीको म्युनिखमा आयोजित एक सुरक्षा सम्मेलनमा अफगान राष्ट्रपति अशरफ घानी र अमेरिकी रक्षामन्त्री मार्क एस्पर एवं अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच भेटवार्ता भएलगत्तै अमेरिका र तालिबानबीच भएको सम्झौता सार्वजनिक गरिएको हो ।

हिंसा अन्त्य गर्ने साता लामो समयावधि तत्काल शुरु नभइसकेपनि चाँडै शुरु हुने अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यो सम्झौता पालना भएको खण्डमा अमेरिकाले १८ वर्ष देखि युद्धग्रस्त रहेको अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लैजान बाटो खुल्ने जनाइएको छ ।

यद्यपि तालिबानले यो सम्झौताको पालना गर्छ गर्दैन भन्ने विषयले अमेरिकी सेना फिर्तीको सम्झौता निर्धारण गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि अमेरिकाले आफ्नो सेना फिर्ता लैजानेगरी यही फेब्रुअरी महिनाको अन्त्यसम्म सम्झौता भइसक्ने समाचार सार्वजनिक भएको थियो ।

यो सम्झौताबारे अफगान सरकार वा तालिबानबाट भने कुनै टिप्पणी सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ५ : ३६ बजे

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू