खवास उत्कृष्ट फरवार्ड बन्दा उत्कृष्ट डिफेन्डर बने तामाङ | Khabarhub Khabarhub

खवास उत्कृष्ट फरवार्ड बन्दा उत्कृष्ट डिफेन्डर बने तामाङ


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजबाट सकिएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास उत्कृष्ट फरवार्ड चयन भएका छन् ।

यस्तै उत्कृष्ट मिडफिल्डर बिजेता टोलि मछिन्द्रका विशाल राई ‘बी’ चुनिए । उत्कृष्ट डिफेन्डर थ्री स्टारका अनन्त तामाङ, उत्कृष्ट गोलकिपर मनाङका दिप कार्की र उत्कृष्ट प्रशिक्षक मछिन्द्रका प्रवेश कटवाल चुनिए ।

उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकले जनही १ लाख ५० हजार प्राप्त गरे ।

यस्तै लिगका युवा खेलाडी बन्दै एनआरटीका दर्शन गुरुङले मणिविक्रम शाह स्मृति युवा खेलाडी अवार्ड पाए । उनले १ लाख प्राप्त गरे ।

विधागत अवार्ड विजेता खेलाडी

उत्कृष्ट फरवार्ड – भरत खवास (आर्मी)
उत्कृष्ट मिडफिल्डर – विशाल राई ‘बी’ (मछिन्द्र)
उत्कृष्ट डिफेन्डर – अनन्त तामाङ (थ्री स्टार )
उत्कृष्ट गोलकिपर – दिप कार्की (मनाङ)
उत्कृष्ट प्रशिक्षक – प्रवेश कटवाल (मछिन्द्र)
युवा खेलाडी – दर्शन गुरुङ (एनआरटी)

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ५ : १० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड