मोबाइलको पासओर्ड बिर्सिनु भयो, यस्तो छ आफैंले खोल्ने उपाय | Khabarhub Khabarhub

मोबाइलको पासओर्ड बिर्सिनु भयो, यस्तो छ आफैंले खोल्ने उपाय


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोवाइलमा भएको व्यक्तिगत जानकारी तथा डेटाहरु सुरक्षित गर्न पासवर्ड, प्याटर्न, स्क्रीन लक, फिंगरप्रिन्ट सेन्सर लगायतका सेक्योरिटी फीचरको प्रयोग गरिन्छ ।

स्मार्टफोन अन्य व्यक्तिहरुले नचलाउन र निजी जानकारी नहेरुन भनेर अधिकांशले यस्तो सेक्योरिटी फीचर नियमित प्रयोग गर्दछन् । तर कहिलेकाँही पासओर्ड बिर्सिएर आफैं हैरानीमा समेत फसिन्छ ।

यो बेला अनलकका लागि प्राविधिककोमा पुगेर उल्टै रकम समेत खर्चिनुपर्ने बाध्यता आइलाग्छ । यस्तो समस्याको बेलामा तपाईँले आफैं पनि आफ्नो डिभाइस अनलक गर्न सक्नुहुन्छ ।

तरिका १ – फोन म्यानेजरको प्रयोग

यसको लागि तपाईँले आफ्नो पर्सनल कम्प्यूटर वा फोनबाट https://myaccount.google.com/find-your-phone-guide मा जानु पर्ने हुन्छ ।

त्यसपछि आफ्नो गूगल एकाउन्ट लग इन गर्नुहोस् । तपाईँको कम्प्यूटरको स्क्रीनमा एउटा लिस्ट खुल्नेछ । त्यहाँबाट तपाईँले आफ्नो डिभाइसको छनौट गर्नुपर्छ जून तपाईँ अनलक गर्न चाहनुहुन्छ ।

त्यसपछि तपाईँको स्क्रीनमा लक योर फोन (Lock your phone) आउनेछ । यसमा क्लिन गर्नुहोस् । अब एक नयाँ पासवर्ड राख्नुहोस् । फेरी त्यसको तल दिईएको लक बटनमा ट्याप गर्नुहोस् ।

यति गरिसकेपछि तपाईँले आफ्नो लक भएको फोनमा नयाँ पासवर्ड राखेर फोन अनलक गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ७ : २५ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव