केही महिनादेखि नेपाली फिल्म चलेका छैनन्, सबै फिल्म चल्नुपर्छ | Khabarhub Khabarhub

केही महिनादेखि नेपाली फिल्म चलेका छैनन्, सबै फिल्म चल्नुपर्छ


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले सबै नेपाली चलचित्र चल्नुपर्ने धारणा राखेकी छिन् ।

केही महिनायता कुनै पनि नेपाली फिल्म व्यावसायिक रुपमा सफल नभएको र सबै नेपाली चल्नुपर्ने बताएकी हुन् । ‘नेपाली फिल्म नचलिरहेको अवस्था छ, सबै नेपाली फिल्म चल्नुपर्छ,’ निरौलाले भनिन् ।

उनले फिल्मले यति कमाउनुपर्छ भन्दा पनि दर्शकलाई मन पर्ने फिल्म बनाउन सक्यो भने फिल्म हिट हुने बताइन् । भनिन्, ‘दर्शकलाई मन पराउने फिल्म बनाउनुपर्छ ।’

त्यसो त केही हप्तायता हलमा नेपाली फिल्म रिलिज पनि भएका छैनन् । विदेशी फिल्मले भने नेपालमा पनि राम्रो कमाइ गरेका छन् ।

पछिल्लो समय दशैंमा रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ व्यावसायिक हिसाबले सफल भएको थियो । त्यसपछि कुनै पनि फिल्म हिट भएका छैनन् ।

‘छ माया छपक्कै’ लाई दीपक–दीपाको समूहले निर्माण गरेको थियो । यो टिमले अर्को वर्षको दशैँमा रिलिज गर्ने गरी ‘छक्का पञ्जा ४’ को घोषणा गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ६ : ४७ बजे

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार