प्रियंका कार्कीको ‘ब्याचलर पार्टी’ थाइल्याण्डमा, बिहेको संकेत ! | Khabarhub Khabarhub

प्रियंका कार्कीको ‘ब्याचलर पार्टी’ थाइल्याण्डमा, बिहेको संकेत !


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका प्रियंका कार्की आफ्ना साथीहरुलाई थाइल्याण्डमा ब्याचलर पार्टी दिने भएकी छिन् । प्रियंकाले सामाजिक सञ्जालमार्फत यो कुराको खुलासा गरेकी हुन् ।

उनले एक पोस्ट सार्वजनिक गर्दै ‘कसले बिहे गर्दैछ?’ भनेर फ्यानलाई सोधेकी छिन् । फ्यानले प्रियंकालाई बधाई समेत दिएका छन् ।

लामो समयदेखि आयुष्मान देशराज जोशीसँग प्रेममा रहेकी प्रियंकाले बिहे गर्ने संकेत गरेकी छिन् । त्यसो त धेरै अगाडि नै प्रियंका र आयुष्मानले इङ्गेजमेन्ट गरिसकेका छन् ।

इङ्गेजमेन्ट गरे पनि बिहेको विषयमा भने प्रियंकाले छिट्टै गर्ने मात्र बताउने गरेकी थिइन् ।

स्रोतका अनुसार प्रियंका र आयुष्मानले सन् २०२० मै बिहे गर्दैछन् । प्रियंकासँगै सहाना बज्राचार्य, सिवांगी प्रधान लगायत थाइल्याण्डमा ब्याचलर पार्टीमा रमाउनेछन् ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ६ : १९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र