तस्वीरमा हेर्नुहोस्, राजधानीमा माघीको रौनक | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुहोस्, राजधानीमा माघीको रौनक



काठमाडौं– आज माघे संक्रान्ति विभिन्न कार्यक्रम गर्दै मनाइएको छ ।

नेवार र अन्य समूदायले घ्यू, चाकु, तरुल लगायतका कन्दमुल खाएर आज माघे संक्रान्ति मनाएका छन् भने थारु समुदायले माघे संक्रान्तिलाई विशेष रुपले मनाएका छन् ।

थारु समुदायमा माघे संक्रान्तिलाई माघी भनिन्छ । अर्थात माघी थारु समुदायको नयाँ वर्षसमेत हो ।

माघ १ गतेदेखि उनीहरु बर्षभरीका नयाँ योजना बनाउने, नयाँ अगुवा छान्ने, आफूभन्दा ठूलाबाट आशिर्वाद लिने लगायतका काम गर्दछन् ।

थारु बस्तीमा माघीको बेग्लै रौनक छ । आफन्तहरुसँग बसेर खानपिन र नाचगान गर्दै रमाइलो गरी माघी मनाउन टाढा टाढाबाट मानिसहरु घर फर्किन्छन् ।

राजधानीमा बसोबास गरेका र काम विशेषले घर फर्किन नपाएकाहरुले भने बुधवार टुँडिखेलमा जम्मा भएर माघी मनाएका छन् । परम्परागत थारु पहिरनमा सजिएकाहरुको कार्यक्रममा विशेष चहलपहल थियो ।

हेरौं टुँडिखेलको रौनक

 

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ४ : २८ बजे

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ