पेट्रोल भर्न पम्पमा गएका दुई जनाले चोरे काउन्टरबाट डेढ लाख | Khabarhub Khabarhub

पेट्रोल भर्न पम्पमा गएका दुई जनाले चोरे काउन्टरबाट डेढ लाख


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर, महालक्ष्मी नगरपालिका-४ वोझेपोखरी बस्ने कुरजी चौधरीको घरबाट नगद र सुनका बिभिन्न गहना गरी करिब ५ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

सोही घरमा डेरा गरी बस्ने लक्ष्मी पहरीको कोठाबाट करिब १ लाख १० हजार रुपैयाँ र चौधरीको कोठाबाट करिब ४ लाख ६५ हजार रुपैयाँ गरी उक्त रकम बराबरको धनमाल चोरी भएको हो ।

रुपन्देही, रोहीणी गाउँपालिका-३ परासीझुंगास्थित मिलन ब्रदर्श पेट्रोल पम्पको काउण्टरबाट नगद १ लाख ५० हजार रुपैयाँ मंगलबार बेलुका चोरी भएको छ । २ वटा पल्सर मोटरसाइकलमा आएका २ जना ब्यक्तिहरुले पेट्रोल भर्ने क्रममा काउण्टरमा रहेको सो नगद चोरी गरेका हुन् ।

चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ३ : ३० बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत