पहिरनलाई हेरेर मान्छेको चरित्र मूल्याङ्कन गर्छन्, मलाई अचम्म लाग्छ: रेखा थापा | Khabarhub Khabarhub

पहिरनलाई हेरेर मान्छेको चरित्र मूल्याङ्कन गर्छन्, मलाई अचम्म लाग्छ: रेखा थापा


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही दशकअघि नायिका रेखा थापाको फिल्म उद्योगमा एकछत्र राज थियो । उनलाई फिल्ममा काम गराउन निर्माताहरुबीच प्रतिस्पर्धा नै हुन्थ्यो । सार्वजनिक कार्यक्रम र फिल्ममा पनि रेखा प्रायः छोटो कपडामा नै देखिने गर्थिन् ।

आजभोलि भने उनलाई प्रायः पूरै जिउ ढाक्ने कपडामा सार्वजनिक कार्यक्रमहरुमा देखिन्छ ।

समय यस्तो पनि थियो कि, समाजमा कुनै युवतीले छोटो कपडा लगाउँदा मान्छेले रेखा थापासँग तुलना गरिदिन्थे । रेखा थापालाई त अझ देखा थापा भनेरै चिन्न थालिसकेका थिए ।

गाईजात्रामा हास्यकलाकारले गर्ने प्रहसनमा पनि रेखा छोटो पहिरनका कारण मजाकको पात्र बन्थिन् ।

हालै एक कार्यक्रमका सिलसिलामा रेखाले पहिरनलाई लिएर मान्छेको चरित्र मूल्याङ्कन गर्ने कुराले आफूलाई अचम्मित तुल्याउने बताएकी छिन् ।

सोमबार पत्रकार डिबी खड्काले प्रकाशन गरेको पुस्तक ‘नियत’ को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै रेखाले भनिन्, ‘एउटा कुरा चाहिँ मलाई अचम्म के लाग्यो भने मान्छेले पहिरनलाई हेरेर मान्छेले चरित्र मूल्याङ्कन गर्छन् ।’

उनले यसरी पहिरनका आधारमा चरित्रको मूल्याङ्कन गर्नु गलत भएको बताइन् । पहिरनले मान्छेको चरित्र छुट्याउन नसक्ने रेखाको भनाइ थियो ।

‘सामान्य कुर्ता सुरुवालभित्र पनि चरित्र फरक हुन सक्छ । कुनै युवतीले अल्कोहल लिएर बस्यो भन्दैमा मान्छे गलत होइन,’ उनले भनिन् ।

साथै रेखाले आफू हिंसामा नपरेको पनि बताइन् । बरु यो क्षेत्रमा महिला मात्र नभएर पुरुष पनि हिंसामा पर्ने गरेको उनले बताइन् ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १ : ०१ बजे

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी