प्रहरीले माग्यो १ सय ४९ इन्सेपक्टर ५ सय ८४ असई | Khabarhub Khabarhub

प्रहरीले माग्यो १ सय ४९ इन्सेपक्टर ५ सय ८४ असई


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरील जनपद समूहतर्फ १ सय ४९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र ५ सय ८४ जना प्रहरी सहायक निरीक्षक (असई) पदका लागि कर्मचारी माग गरेको छ ।

प्रहरीले प्रहरी निरीक्षकमा खुला ८०, अमर/अशक्त प्रहरी परिवार ३, महिला १३, जनजाति २१, मधेसी १८, दलित १० र पिछडिएको क्षेत्र ४ गरी १ सय ४९ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

यस्तै, प्रहरी सहायक निरीक्षक (असई)मा खुला ३ सय १५, अमर/अशक्त प्रहरी परिवार १२, महिला ५१, जनजाति ८२, मधेसी ७२, दलित ३९ र पिछडिएको क्षेत्र १३ गरी ५ सय ८४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

प्रहरीले आह्वान गरेको पदमा यही माघ ५ गतेदेखि फागुन ११ गतेसम्म दरखास्त बुझाउन सकिने छ ।

प्रहरी आह्वान दरखास्त आह्वान गरेका पदका लागि काठमाडौंमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट आवेदन दिन सकिने छ । उपत्यका बाहिर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, ३ नम्बर (बाग्मती) प्रदेश प्रहरी कार्यालय हेटौंडा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट दरखास्त बुझाउन सकिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १२ : ३४ बजे

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं– वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला