राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनशिप शुक्रबारदेखि | Khabarhub Khabarhub

राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनशिप शुक्रबारदेखि


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भलिबल सङ्घले आयोजना गर्न लागेको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनशिप शुक्रबारदेखि शुरु हुने भएको छ ।

यही माघ १० गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको तयारी पूरा भएको सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ १२ तथा महिलातर्फ ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, हेल्प नेपाल, मणिमुकुन्द, नयाँ बजार, जावलाखेल, ढोरपाटन, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेश, आरजे भलिबल ग्रुप र पार्वती युवा क्लब सहभागी हुने चन्दले बताए ।

यस्तै, महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, जाउलाखेल क्लब, न्यू डायमण्ड क्लब, ढोरपाटन क्लब, चितवन टाइगर्स क्लब र गण्डकी प्रदेशले खेल्नेछन् । प्रत्येक टोलीले ३ जनासम्म विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ । विजेताले २ लाख, उपविजेताले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । उक्त प्रतियोगितामा २३ लाख रुपैयाँ खर्च हुने सङ्घले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ११ : ५१ बजे

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य