'साङ्लो' को गीत छायांकनमा निकितासँग विराजको रोमान्स | Khabarhub Khabarhub

‘साङ्लो’ को गीत छायांकनमा निकितासँग विराजको रोमान्स


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विराज भट्ट स्टारर फिल्म साङ्लोको यतिबेला चर्चा छ । माघ २४ गतेबाट अल नेपाल रिलिज हुने फिल्ममा विराजसँग पूर्व मिस नेपाल निकिता चण्डकको जोडी देख्न सकिनेछ ।

विराजले फिल्मको प्रचारमा खुलेर साथ दिइरहेका छन् । उनले फिल्म राम्रो बनाउन पनि कुनै कसर बाँकी राखेका छैनन् । ट्रेलर र गीतबाट फिल्मले राम्रो चर्चा बटुलेको छ ।

हालै फिल्मको नयाँ गीत छायांकन गरिएको छ । फिल्मको गीतका केही दृश्य राजधानीमा खिचिएको छ ।

सुरेश अधिकारीको संगीतमा तयार गीतको भिडियोमा विराज र डेब्यु अभिनेत्री निकिता चाण्डकलाई देख्न सकिनेछ । यसअघि ‘चरीले काफल टिप्यो’ बोलको गीतमा विराज र निकिताको जोडीलाई दर्शकले रुचाएका थिए ।

गीतमा अन्जु पन्त र निशान भट्टराईले आवाज दिएका छन् भने भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

विराज भट्ट आफैले निर्माण तथा निर्देशन गरेको यो फिल्ममा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको पनि अभिनय छ ।

तस्वीरहरू: ज्ञानु राई

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ११ : ४४ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव