तिहारै आयो, लौ झिलिमिली ! [फोटो फिचर] | Khabarhub Khabarhub

तिहारै आयो, लौ झिलिमिली ! [फोटो फिचर]



काठमाडौं-तिहारको तेस्रो दिन शनिबार (आज) साँझ नेपालीहरुले घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेका छन्।

औँशीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको छ । यतिबेला काठमाडौं उपत्यका बत्तीको उज्यालोले झिलिमिली देखिएको छ।

फूल, रङ र उज्यालोको चाड मानिने दिपावलीमा बत्तीको झिलिमिलीसँगै खेलिने देउसी भैलीले जोकोहीलाई रोमाञ्चक बनाउँछ ।

तर यसवर्ष कोरोना महामारीका कारण देउसी भैली कार्यक्रम भनि स्थगित गरिएका छन् ।  घर–घरमा विभिन्न किसिमका बत्तीहरु बालिएका छन् । पूरै शहर हेर्दा राजधानी ‘कलरफूल’ देखिएको छ ।

घर उज्यालो भए लक्ष्मीको बास हुने विश्वाससहित तिहारमा मैनबत्ती, दियो लगायत विभिन्न रङका बिजुली बत्तीहरू बालिने गरिन्छ ।

पाँच दिनसम्म मनाइने तिहार झिलीमिली बत्तीकै कारण विशेष बन्छ । त्यसो त तिहारको पहिलो दिन काग तिहारका दिनदेखि नै काठमाडौं उपत्यका झिलिमिली बनेको थियो ।

हेरौँ काठमाडौंका विभिन्न स्थानबाट देखिएको तिहारको झिलिमिली

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ९ : ०० बजे

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल