महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई जन्मदिनमा ५० हजार सहयोग | Khabarhub Khabarhub

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई जन्मदिनमा ५० हजार सहयोग


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहेका तुलवीर थापा ‘समर्पण’ले जन्मदिनको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् ।

उनले केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गरेका हुन् । शुक्रबार आविष्कार केन्द्रमै पुगी पत्रकार बबिता शर्मा र बैङ्कर्स शिव आचार्यले उक्त रकम केन्द्रका संयोजक पुनलाई हस्तान्तरण गरे ।

संयोजक पुनले प्रवासदेखि थापाले गरेको सहयोग र देखाएको सद्भावप्रति आविष्कार केन्द्र आभारी रहेको बताए ।

थापाले तत्काललाई रु. ५० हजार सहयोग गरेपनि आउँदो एक वर्षसम्म हरेक महिना आफ्नो कमाइको रु. पाँच हजार केन्द्रका लागि छुट्टाउने प्रतिबद्धता जनाए । त्योसमेत गरी थापाको सहयोग रकम रु. एक लाख दश हजार पुग्ने छ ।

‘जन्मदिनमा केही नयाँ काम गरौँ भन्ने थियो, आविष्कार केन्द्रकाबारेमा सुनेपछि त्यसमै सहयोग गर्ने सोच पलायो’, उनले भने । नौ वर्षअघि जापान पुग्नुभएका थापाको नागोयामा रेष्टुराँ व्यवसाय छ । व्यवसायसँगै सामाजिक सेवाका क्षेत्रमा पनि उनी सक्रिय छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ८ : ५९ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको