बाँसबारी क्लबद्वारा कोरोना प्रभावितलाई राहत वितरण | Khabarhub Khabarhub

बाँसबारी क्लबद्वारा कोरोना प्रभावितलाई राहत वितरण


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक बी डिभिजन क्लब बाँसबारीले कोरोना भाइरसको महामारीबाट प्रभावित परिवारलाई राहत वितरण गरेको छ ।

बुधबार बिहान बासबारीले लायन्स क्लबसँगको सहयोगमा महामारीबाट प्रभावित २ सय परिवारलाई खाद्यान्न सहयोग गरेको हो । सहयोग पाउनेमा खेलाडीहरु समेत रहेका छन् ।

क्लबले सहयोगमा प्रति परिवार करिब १४ सय रुपैयाका दरले सहयोग गरेको हो । जसमा ८ केजी चामल, ३ केजी दाल, एक लिटर तेल, २ केजी चिउराा, मसेउरा, नुन लगायत खाद्य सामग्री रहेको छ ।

‘लामो समयदेखि कोरोना महामारी कायम रहेकाले बाँसबारी क्षेत्रमा बसोबास गर्ने प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेका हौं,’ नेपाली राष्ट्रिय पुटबल टोलीका व्यवस्थापक समेत रहेका बासबारी क्लबका उपाध्यक्ष मधुसुदन उपाध्यायले बताए ।

यस्तै, क्लबले साबुन, मास्क र स्यानिटाइजर समेत सहयोग गरेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ४ : ०० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको