चिनियाँ अतिक्रमण रोक्न कर्णालीवासी एकजुट बनौं : कांग्रेस | Khabarhub Khabarhub

चिनियाँ अतिक्रमण रोक्न कर्णालीवासी एकजुट बनौं : कांग्रेस


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस कालिकोटले उत्तरी सीमामा अतिक्रमण रोक्न कर्णालीवासी एकजुट हुनुपर्नेमा जोडदिएको छ।

जिल्ला कार्य समिति कालिकोटका काँग्रेस नेता मोतिराज बमले वर्तमान कम्युनिष्ट सरकार सीमा संरक्षणको विषयमा दोहोरो नीतिमा लागेको आरोप लगाउदै सीमा संरक्षणका लागि कर्णालीबासीलाई एकजुट हुन आह्वान गरे ।

उनले भने,’ हाम्रा छिमेकी मुलुक भारत र चीन हुन् यीनीहरूसँग राम्रो सम्बन्ध बनाउँनुपर्छ, तर सीमानै मिचेको विषयमा भने हामी समै एकजुट बन्नुपर्छ ।’

अन्तर्क्रियामा सहभागी कांग्रेस जिल्ला नेता तथा कार्यकर्ताहरु ।

कर्णाली प्रदेशको कालिकोटमा सीमा अतिक्रमणविरुद्ध आयोजित कार्यक्रममा उनले चीनले उत्तरी सीमा मिच्दा पनि सरकार चुप लागेर बसेको आरोप लगाए ।

कर्णाली प्रदेशको सीमा चीनसँग मात्र जोडिएको छ, त्यसैले कर्णाली प्रदेशका जनता चिनियाँ अतिक्रमणविरूद्ध एकजुट हुन जरूरी रहेको उनले बताए।

उनले भने,’ हुम्लामा चीनले खुलेआम सीमा मिचेर भवन बनाइ बस्दा पनि सरकार चुप लागेको बसेको छ, अब चिनियाँ अतिक्रमणविरूद्ध कर्णाली बासीले शसक्त कदम चाल्नुपर्छ ।’

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ७ : ५२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई