चाडपर्वलाई लक्ष्य गरी जिल्लाको सुरक्षामा थप कडाइ | Khabarhub Khabarhub

चाडपर्वलाई लक्ष्य गरी जिल्लाको सुरक्षामा थप कडाइ


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– दशैं, तिहार तथा छठ पर्व नजिकिएसँगै जिल्लाभर हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले सक्रियता बढाएको छ ।

विशेष सुरक्षा योजनाअन्तर्गत जिल्लाभर ७४० प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

उनले चाडपर्वका बेला जिल्लामा हुन सक्ने चोरी, डकैती, जुवातास, लुटपाट, कालोबजारी, सार्वजनिक यातायातका टिकटमा ठगी र सवारी कसूरलगायत अपराध नियन्त्रणका लागि आवश्यक जनशक्ति तैनाथ गरिएको बताए । यसका लागि विभिन्न स्थानमा जाँचमा कडाइ गरिनाका साथै साइकल, मोटरसाइकलमा प्रहरीको गस्ती तथा सादा पोशाकमा प्रहरी परिचालन गरिएको नायब उपरीक्षक विष्टले बताए ।

उनले भने, “कुनै पनि हि।साजन्य गतिविधि भएमा तुरुन्त रेस्पोन्स हुने गरी प्रहरी खटनपटन गरिने गरी व्यवस्था मिलाइएको छ ।” सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गणबाट नगरभित्रको सुरक्षाका लागि थप ५० प्रहरी पनि परिचालन गरिएको छ ।

सीमा नाकामा हुने चोरी निकासी, आवागमनमा हुने सास्ती, लागुऔषध तथा पटाकाजन्य पदार्थ ओसारपसार, जुवातास, बैँक तथा वित्तीय सङ्घसंस्थालगायत भीडभाड हुने क्षेत्रको सुरक्षाका लागि छट्टाछुट्टै टोली खटाई निगरानी बढाइएको छ ।

त्रिनगर भन्सार सीमा नाकामा तालीम प्राप्त कुकुरसहित जाँच थालिएको छ । यस्तै यात्रुको सहजीकरणका लागि त्रिनगर भन्सार, धनगढी बसपार्क, अत्तरिया बसपार्क, लम्की बसपार्क, टीकापुर बसपार्क, र चिसापानी गरी जिल्लाका छ स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

चाडपर्वका समयमा विभिन्न हिंसाजन्य क्रियाकलापका कुनै पनि घटना भएमा नजिकैको प्रहरी बिटमा खबर गरिदिन हुन उनले सर्वसाधारणलाई आग्रह गरे ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १२ : २९ बजे

नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

खजुरा– जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब 

गण्डकीमा खगराजलाई कसरी जुट्छ विश्वासको मत? संविधानविदबीच मतान्तर

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदै

कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस 

काठमाडौं– नेपाली कांग्रेस कोशी संसदीय दलका नेताले वैशाख २५ गतेसम्म

सप्तरीका अग्निपीडितलाई खानेपानी र शौचालयको व्यवस्था गरिने

राजविराज– सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी बस्तीमा अग्निपीडितका लागि खानेपानी र