हुम्लामा विज्ञ टोली पठाउन कांग्रेस वरिष्ठ नेता पौडेलको माग | Khabarhub Khabarhub

हुम्लामा विज्ञ टोली पठाउन कांग्रेस वरिष्ठ नेता पौडेलको माग


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चीनले मिचेको भनिएको हुम्लास्थित नेपाली भूमिको अध्ययनका लागि विज्ञ टोली पठाउन माग गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा बुधबार बिहान ट्वीट गर्दै पौडेलले स्थलगत अध्ययनको प्रतिवेदन पूरा नआई प्रतिक्रिया दिएको भन्दै सरकारले जनतासमक्ष माफी माग्नु पर्ने समेत बताएका छन् ।

प्रदेश सांसद जीवन शाही टोलीको माग अनुसार हुम्ला सीमामा तुरुन्तै विज्ञ टोली खटाई आफ्नो भूमि मिचिएको हो होइन यकिन  गर्नु पर्ने उनको माग छ ।

कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका शाहीको नेतृत्वमा सीमा क्षेत्रको अनुगमनका लागि गएको टोलीले नेपाली भूभाग मिचिएको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरिसकेको हो ।

पिलर नम्बर ५ देखि १२ नम्बरसम्म ११ दिन लगाएर गरेको स्थलगत अध्ययन तथा अनुगमनका क्रममा चीनले नेपाली भूभाग मिचेको ठहर भएको शाहीले बताएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ११ : १२ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र