काठमाडौँ महानगरमा मात्रै १५ हजार ५५३ संक्रमित, कुन वडामा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

काठमाडौँ महानगरमा मात्रै १५ हजार ५५३ संक्रमित, कुन वडामा कति ? (विवरणसहित)


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तीव्र रुपमा बढेको छ ।

डेढ महिनाअघिसम्म उपत्यका भित्रिनेले कोरोना सार्ने डर बढेको बताइने गरेकोमा अहिले उपत्यकाबाट बाहिर जानेले गाउँगाउँमा संक्रमण फैलाउने त्रास बढेको छ ।

मंगलबार मात्रै उपत्यकामा एक हजार ७४६ जनामा संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकाका तीन वटा जिल्ला, काठमाडौँ, भक्तपुर र ललितपुरमा ३२ हजार ६ सय तीन जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यसमध्ये काठमाडौँ महानगरपालिकामा मात्रै १५ हजार ५५३ जनामा संक्रमण पुष्टि भएको छ ।

उनीहरूमध्ये सक्रिय संक्रमित सात हजार ५१७ छन् । काठमाडौँ महानगरपालिकाका ३२ वडामध्ये ११ वटा वडामा सक्रिय संमितको संख्या ३ सयभन्दा बढी छ ।

सबैभन्दा धेरै वडा नं. १६ मा सक्रिय संक्रमित ६१६ जना छन् । यस्तै वडा नं. १५ मा ५८१, वडा नं. ९ मा ५२०, वडा नं. ३२ मा ४१३, वडा नं. १४ मा ३९४, वडा नं. १० मा ३८५, वडा नं. ७ मा ३६२, वडा नं. ३ मा ३५३, वडा नं. ४ मा ३४६, वडा नं. ६ मा ३२१ र वडा नं. २६ मा ३१० जना सक्रिय संक्रमित छन् ।

हेर्नुहोस् वडागत विवरण

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १० : १५ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन