विश्वभर एकै दिन ३ लाख १३ हजारमा संक्रमण, ५ हजारको  मृत्यु | Khabarhub Khabarhub

विश्वभर एकै दिन ३ लाख १३ हजारमा संक्रमण, ५ हजारको  मृत्यु


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर ३ करोड ८३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख १३ हजार २८३ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ४८ हजार १२५ पुगेको छ ।

संक्रमितमध्ये २ करोड ८८ लाख ४० हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ९७७ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ८ जनाको मृत्यु भएको छ । योसँगै बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ९० हजार २२५ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८० लाख ९० हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७२ लाख  ३७ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख १४ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३३ हजार जनाको मृत्यु भएको छ । ६२ लाख ५५ हजार १९८ जना संक्रमित भएकोमा ३० लाख ६८ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ७ : २५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई