डा. भट्टराईको कटाक्ष : सरकार 'कथाको लाटोबुंगो'को अवतार जस्तै भयो | Khabarhub Khabarhub

डा. भट्टराईको कटाक्ष : सरकार ‘कथाको लाटोबुंगो’को अवतार जस्तै भयो


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकार कथाको लाटोबुंगोको अवतार जस्तै भएको आरोप लगाएका छन्।

जनताले माग गरेका कुरा नसुन्ने तर जनताले नगर्न भनेका काम  गर्न अग्रसर भएको भन्दै डा भट्टराईले यस्तो आरोप लगाएका हुन्।

‘कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो ! ओली सरकार त्यसैको अवतार जस्तो छ। आम नागरिक/मिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भने, तिनलाई लाने भएछ,’ उनले ट्विटमा लेखेका छन्, ‘तर लोडसेडिङ अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरेनछ ! सेम !’

कुलमान घिसिङलाई पुनः नियुक्तिका लागि व्यापक सार्वजनिक दबाब भए पनि सरकारले त्यो नगरेर प्रतिनिधिसभामा हारेका वामदेव गौतमलाई चाँहि राष्ट्रिय सभामा लैजाने निर्णय गरेको भन्दै उनले कटाक्षे गरेका छन्।

यस्तो छ उनको ट्वीट

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १० : ०९ बजे

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले