बाजागाजासहित रातो मछिन्द्रनाथको मूर्ति बुङमति पुर्‍याइयो (फोटोफिचर) | Khabarhub Khabarhub

बाजागाजासहित रातो मछिन्द्रनाथको मूर्ति बुङमति पुर्‍याइयो (फोटोफिचर)


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘वर्षा र सहकाल’का देवता रातो मछिन्द्रनाथको मूर्तिलाई बुङमति पुर्‍याइएको छ ।

बैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथयात्रा कारोना महामारीका कारण स्थगित गरिएपछि आज शुभ साइत जुराएर मछिन्द्रनाथलाई खटमा राखी बाजागाजाका साथ बुङमति पुर्‍याइएको हो ।

यसवर्ष नरिबल खसाल्ने र भोटो देखाउने कार्यक्रम भने गरिएन । कोरानाम कारण रथ तान्ने विषयमा केही निर्णय हुन नसक्दा गत भदौ १८ गते केही स्थानीय केही युवाले निषेधाज्ञाकाबीच रथ तान्न खोजेपछि पुल्चोकमा झडप भएको थियो ।

असोज २ गतेदेखि अधिकमास लाग्ने भएपछि गत हप्ता स्थानीयबासीले निषेज्ञा र कर्फूका बीचमा पनि भौतिक दुरी कायम गरी जात्रा गर्नुपर्ने आवाज उठाएपछि रथ तान्न दबाब परेको थियो ।

मछिन्द्रनाथलाई बुङमति भित्र्याउन यसअघि भदौ २६ गते साइत दिइ पनि ज्योतिषिहरुले नमिलेको प्रतिक्रिया दिएपछि आज शुभ साइत सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ८ : ०४ बजे

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा