सैनिक प्रवक्ता पौडेलको लेख सर्वोत्कृष्ट | Khabarhub Khabarhub

सैनिक प्रवक्ता पौडेलको लेख सर्वोत्कृष्ट


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले प्रकाशित गर्ने सैनिक जर्नलमा प्रवक्ता सन्तोष बल्लभ पौडेलले लेखेको लेख सर्वोत्कृष्ट भएको छ।

सिपाही वार्षिक र शिवपुरी जर्नलमा प्रकाशित लेखहरुमध्ये २०७६ मा सहायक रथी पौडेलको लेख सर्वोत्कृष्ट बनेको हो।

उनले नगद ५० हजार पुरस्कार र कदर पत्र प्राप्त गरेका छन्।

त्यस्तै दोस्रो प्रमुख सेनानी अनिलकुमार बुढाथोकी भएका छन्। तेस्रो प्रमुख सेनानी सुधिरप्रताप सिंह भएका छन्। उनीहरुले क्रमशः नगद ३५ हजार र २५ हजार पुरस्कार र कदर पत्र प्राप्त गरे।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जङ्गी अड्डामा आयोजित कार्यक्रममा उत्कृष्ट लेखकहरुलाई पुरस्कार प्रदान गरे। यस्तै ७ जना लेखकहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही १० हजार र कदर पत्र प्रदान गरिएको छ।

लेख रचनाहरुको मुल्यांकन गर्ने सैनिक विज्ञ तथा सैनिकलाई समेत कदर पत्र प्रदान गरिएको छ।

नेपाली सेनाले रणनैतिक र सैनिक महत्वका विषयहरुमा लेख रचना लेख्न प्रेरित गर्दै प्रत्येक वर्ष प्रकाशन गरिने यी जर्नलहरुले अधिकृतहरुको वौद्धिक विकासका साथै नेपाली सेनाको संस्थागत विकासमा योगदान पुर्याउदै आएको नेपाली सेनाले जनाएको छ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : ०० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र