जग्गा कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

जग्गा कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले देशभर जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले दुवै पक्षको छलफलबाट अन्तरिम आदेश हुने नहुने टुंगो नलागेसम्म कित्ताकाटको निर्णय कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो ।

अधिवक्ता सन्तोष भण्डारी र सुजन नेपालले भूमिसुधार व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

माथेमाले ८ असोजमा दुवै पक्षलाई छलफलमा बोलाएकी छन्। त्यतिन्जेलका लागि अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्चले उक्त दिन दुवै पक्षका तर्क सुनेपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने निर्णय गर्नेछ।

२६ साउन २०७४ मा भूमि व्यवस्था मन्त्रालयले जग्गा कित्ताकाटमा रोक लगाएकोमा १८ भदौमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण पद्‌मा अर्यालले पुरानो निर्णय बदर गरेकी थिइन्।

अदालतको आदेश

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ६ : २० बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण