दुर्लभ वन्यजन्तु रेड पाण्डको छालासहित बाँकेमा ५ जना पक्राउ | Khabarhub Khabarhub

दुर्लभ वन्यजन्तु रेड पाण्डको छालासहित बाँकेमा ५ जना पक्राउ


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित बाँके प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा जाजरकोट जिल्लाको कुसे गाउँपालिकाका ३२ वर्षीय कृष्ण वली, २८ वर्षीय इन्द्रबहादुर नेपाली, सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिकाका ३० वर्षीय जयबहादुर कामी, २५ वर्षीय गणेश विक र ३६ वर्षीय देवबहादुर बाँठा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुवास खड्काका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई बैजनाथ गाउँपालिका वडा नं. १ स्थित एक रेष्टुरेण्टबाट पक्राउ गरेको हो ।

उनका अनुसार उक्त छाला गणेश विक लगायतका व्यक्तिले सुर्खेतको छिन्चुबाट ४० लाखमा बिक्री गर्न बाँके जिल्लामा ल्याएका थिए।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १ : १० बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै